• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आईपीएलः कोहलीको अर्धशतक, बेंगलुरुको विजयी सुरुवात

एजेन्सी । विराट कोहलीको अर्धशतकको मद्दतले रोयल च्यालेन्जर्स  बेंगलुरुले सोमबार पञ्जाव किंग्सलाई चार विकेटले पराजित गरेको छ । बेंगलुरु चार खेलको खेल बाँकी हुँदा जितसम्म पुगेको थियो । यस सिजन बेंगलुरुको यो पहिलो जित हो ।

जितका लागि १ सय ७७ रन पछ्याएको बेंगलुरुले १९.२ ओभरमा छ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। त्यसमा कोहलीले ४९ बलमा ७७ रन जोडे । उनले ११ चौका र दुई छक्का प्रहार गरे ।

पहिले ब्याटिङ गरेको पञ्जावले छ विकेटमा १ सय ७६ रन बनाएको थियो । शिखर धवनले ३७ बलमा ४५ रनको योगदान दिए । कोहलीले दुई क्याच पनि लिए र उनी ‘प्लेयर अफ द म्याच’ रहे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर