• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

उपाधि होडमा म्यानचेस्टर सिटी एक कदम अघि बढ्यो

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ ।

ब्राइटनलाई फाराकिले अन्तरले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ। गएरातिको खेलमा सिटीले ब्राइटनलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । 

सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे।

ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं मिनेटमा हेड मार्फत गोल गरे । प्रिमियर लिगमा डी ब्रुएनेको त्यो ६८ औं गोल हो। २६ औं मिनेटमा फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

बर्नान्डो सिल्भाको पासमा फोडेनले ३४ औं मिनेटमा अर्को गोल गरेपछि सिटी पहिलो हाफमा ३(० ले अगाडि रह्यो। प्रिमियर लिगमा फोडेनको ५० गोल पूरा भएको छ । सिटीका लागि ५० गोल गर्ने फोडेन १० औं खेलाडी हुन्। वाल्करको पासमा अल्भारेजले ६२औं मिनेटमा गोल गरेपछि सिटीले सहज जित निकाल्यो ।

प्रिमियर लिग अन्त्यतिर लाग्दा तीन टोलीबीच प्रतिस्पर्धा छ। ३४ खेलमा ७७ आर्सनलसहित शीर्षस्थान र तेस्रो स्थानको लिभरपुलको ७४ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको सिटीको ७६ अंक छ। ब्राइटन
४४ अंकका साथ तालिकाको ११ औं स्थानमा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर