• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

विश्वकप छनोटः बहराइनसँग नेपाल फेरि पराजित

काठमाडौं । विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।

बहराइनको जीतमा सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ हेलाल र कामिल अल–असवादले एक–एक गोल गरे । 

यसअघि गत बिहीबार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०–५ गोलको ठूलोअन्तरले पराजित भएको थियो । बहराइनविरुद्धको पहिलो खेलमा प्रारम्भदेखि नै नेपाली टोली निरीह बनेको थियो ।

दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिचको एउटा खेल नेपालमा खेलिनु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले दुईवटै खेल बहराइनमै खेल्ने सहमति जनाएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर