कांग्रेसकाे सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्तिले फिर्ता लिने 

धुनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले माओवादी नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा आज बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

सो पार्टीले सबै तहका सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ। बैठकमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको सहभागिता थियो।

आजको निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराले बताए।

बुधबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका सात जना प्रदेश सभा सदस्यहरुमध्ये विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरी र पूर्वराज्यमन्त्री कैलाशी चौधरीको मात्रै सहभागिता रहेको थियो। संस्थापक रेशम चौधरी भने जापान गएका छन्।

नाउपाले संघीय गठबन्धन अनुसारनै प्रदेशमा पनि गठबन्धन गर्ने निर्णय गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर