• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छौं: प्रशिक्षक मोन्टी देसाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले टी-२० विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन्।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले यस्तो धारणा राखेका हुन्।

नेपालले विश्वकप अगाडि सुरुमा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप र त्यसपछि ओमानमा एसिसी प्रिमियर कप खेल्दैछ।

कार्यक्रममा देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे।

यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ। डिफेन्डिङ च्याम्पियनका रूपमा एसिसी प्रिमियर कपको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको बताए।

डिफेन्डिङ च्याम्पियनको लक्ष्य पनि तय भइसकेको उनले बताए। मोन्टीले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०-६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए।

एसिसी प्रिमियर कप महत्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए। साथै उनले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखे।

क्यानका सचिव पारस खड्काले टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्वपूर्ण हुने बताए।

फ्रेण्डसिप कप मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ। नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्। Source:-NAN

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर