कर्णाली पुलबाट हाम फालेर हराएका शाही भेटिए

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासनले बताएको छ । 

कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला 
लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय शाही सोमबार होलीको दिन कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनालगत्तैदेखि उनको खोजी कार्य सुरु गरिएको थियो । होलीको रमझममा पुल माथिबाट शाहीसँगै १७ जनाले नदीमा हाम फालेका थिए ।

पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एकछिन फोटो खिच्छौ भनेर पुलमाथिबाट फटाफट नदीमा हाम फालेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर