• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

दूरसञ्चारका पुर्व अध्यक्ष खनालसहित १९ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । आयोगले बिहिबार ९१ करोड ९८ लाख ३० हजार रुपैयाँ बिगो माग दाबी सहित मुद्दा दायर गरेको हो । आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

आयोगले आरोपित गरेका व्यक्तिहरुमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, बरिष्ठ निर्देशक आनन्द राज खनाल, निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक र उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ छन् ।

यस्तै निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक र उपनिर्देशक रेवती राम पन्थ, सहायक निर्देशकरउपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक र उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर