• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

आकासको धुम्म केही दिन नहट्ने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका ५ सय ७२ ठाउँमा डढेलो लागेको छ। जसका कारण काठमाडौंलगायत मुलुकका विभिन्न सहर प्रदूषणले ढाकिएका छन्। हाल भइरहेको प्रदूषणको मुख्य कारण त्यही डढेलो भएको विज्ञहरू बताउँछन। 

प्राधिकरणको तथ्यांकअनुसार मंगलबार दिउँसोसम्म काठमाडौंको (एयर क्वालिटी इन्डेक्स) एक्यूआईको मात्रा १६५ सम्म रहेको छ। मंगलबार पनि काठमाडौं विश्वको प्रदूषित सहरमध्ये तेस्रो नम्बरमा देखिएको छ। काठमाडौं प्रायःजसो विश्वका मुख्य प्रदूषित सहरको १० नम्बरभित्र परिरहन्छ। हालको आँकडाअनुसार थाइल्यान्डको च्यांगमाई सहर पहिलो र सेनेगलको डाकार दोस्रो नम्बरमा छ। 

काठमाडौंमा हावाको गुणस्तर बिग्रिनुको प्रमुख कारण डढेलो हो। आइतबार साँझदेखि बढिरहेको प्रदूषणको मुख्य कारण अन्य नभई डढेलो हो अरू बेला सवारीसाधन, उद्योग, कलकारखाना, बालीका अवशेष तथा फोहोर जलाउँदा प्रदूषण निस्किए पनि हाल भने डढेलोले देशैभरि प्रदूषण बढाइरहेको छ। 

हालको प्रदूषण हट्न कि त मजाले हावा चल्नुपर्छ, कि त पानी पर्नुपर्छ। तर केही दिन पानी पर्ने छा“टका“ट छैन।यसको असर सबै उमेर समूहलाई नराम्ररी पर्ने उनी बताउँछन्। वृद्धवृद्धा, दीर्घ रोगी, बच्चाहरूलाई प्रदूषणको असर तत्काल देखिने भए पनि स्वस्थ्य मानिसमा यसको असर दीर्घकालमा देखिन्छ। वायु प्रदूषण सबै उमेरसमूहका लागि घातक रहेको उनी बताउँछन्। 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल सन् २०२१ को जस्तै घटना दोहोरिन सक्ने भन्दै बारम्बार डढेलो नियन्त्रण तथा पूर्वतयारी गर्न सचेत गराउँदै आएका छन्। उनका अनुसार सन् २०२१ मा करिब साढे ६ हजार वटा डढेलो लागेको थियो। अहिलेको अवस्था हेर्दा पनि सन् २०२१ मा जस्तै हुन सक्ने पोखरेलले बताए। (एक्यूआई) को मात्रा ६३२ थियो। विश्व स्वास्थ्य संगठनका अनुसार शून्यदेखि ५० एक्यूआईलाई स्वस्थ्य मानिन्छ। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर