ईदको कार्यक्रममा गोली चल्दा अमेरिकामा ३ घाइते
पश्चिम फिलाडेल्फियामा बुधबार दिउँसो इदको कार्यक्रममा गोली चल्दा ३ जना व्यक्तिहरू घाइते भएका छन् । करिब १ हजार व्यक्तिहरु उपस्थित भएर रमजानको अन्त्य मनाइरहँदा गोली चलेको हो ।
प्रहरीका अनुसार दिउँसो २ः२६ बजेतिर रमजान कार्यक्रमको अन्त्यमा तीन जनालाई गोली हानिएको थियो। प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घटनास्थलमा कम्तीमा ३० राउण्ड गोली चलेको जनाइएको छ ।
एकजना १५ बर्षका व्यक्तिले गोली चलाएको जनाइएको छ । उक्त व्यक्तिले राइफलबाट गोली चलाएको जनाइएको छ । प्रहरीले उक्त बन्दुकधारीको देब्रे हातमा एक राउण्ड र देब्रे खुट्टामा एक राउण्ड गोली हानेका थिए ।
त्यसपछि प्रहरीले घाइते बन्दुकधारीलाई गस्तीको गाडीमा राखेर फिलाडेल्फियाको बाल अस्पतालमा लगेका थिए । बन्दुकधारीको स्वास्थ्य अवस्था स्थीर रहेको जनाइएको छ ।
घटनामा एक २२ वर्षीय व्यक्तिलाई पेटमा बन्दुकको गोली लागेको छ । प्रहरीले उनलाई पेन प्रेस्बिटेरियन अस्पतालमा लगेको थियो । उनको अवस्था पनि स्थिर रहेको जनाइएको छ । एक १५ वर्षीयलाई दाहिने हातको औंलामा चोट लागेको र उनको पनि स्थिर अवस्थामा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रहरीले पाँच जनालाई हिरासतमा लिएको । जसमा प्रहरीको गोली लागेका १५ बर्षीय, अन्य तीन पुरुष र एक महिला रहेका छन् । प्रहरीले घटनास्थलबाट पाँच वटा हतियार समेत बरामद गरेको छ ।
प्रतिकृया दिनुहोस