• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

हङकङविरुद्ध करण केसीले लिए पहिलो विकेट

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ । हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् । 

करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । नेपालले टस जिती हङकङको पहिले ब्याटिङको निम्तो दिएको हो ।  

वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो । जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर