• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

नेपालको लगातार तेस्रो जीत, हङकङ ८ विकेटले पराजित

ओमानमा जारी एसीसी प्रिमियर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत दर्ता गरेको छ । 

सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । ११४ रनको झिनो लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जीतमा आशिफ शेखले ४०, कुशल भुर्तेलले ३२, रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ११४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि अभिनाष बोहराले ३, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिएका थिए ।

१० टीम सहभागी यो प्रतियोगिताको विजेताले आगामी वर्ष भारत, पाकिस्तान लगायत राष्ट्रसँगै एसिया कप टी–ट्वान्टी खेल्न पाउने छ ।

समूह चरणमा नेपालले अब साउदी अरेबियासँग खेल्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर