• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

हैदराबादले बनायो अहिलेसम्मकै उच्च स्कोर, बैंगलुरू पराजित

काठमाडौं । सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै सर्वाधिक रन बनाएको छ । गएराति भएको उक्त खेलमा सनराइजर्स हैदरावाद २५ रनले विजयी भएको छ।

रोयल च्यालेन्जर्स बैंगलुरूविरूद्ध २८७ रन जोडेको हैदरावाद २५ रनले विजयी भएको हो। २८८ रनको फराकिलो लक्ष्य पाएको बैंगलुरूले विस्फोटक सुरूवात गरेपनि ६.२ ओभरमा विराट कोहली र कप्तान फाफ डु प्लेसिसबीचको साझेदारी तोडिँदा निरन्तरता पाउन सकेन।

कोहलीले २० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए।

हैदरावादका कप्तान प्याट कमिन्सको बलिङमा हेनरिच क्लासेनबाट क्याच आउट हुनुअघि डुप्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का प्रहार गरी ६२ रन बनाए।

बलिङतर्फ प्याट कमिन्सले २, मयंक मार्कण्ड्यले २ र नटराजनले १ विकेट लिए।

त्यसअघि दुई साताअघि आफैले बनाएको २७७ रनको रेकर्ड तोड्दै हैदरावादले  बैंगलुरुमाथि ३ विकेटको क्षतिमा २८७ रन जोडेको हो।

आइपिएल इतिहासकै सर्वाधिक स्कोर बनाएको हैदरावादका लागि अस्ट्रेलियन ब्याटर ट्राभिस हेडले शतक प्रहार गरे। उनले ४१ बलमा १०२ रन बनाउने क्रममा ९ चौका र ८ छक्का प्रहार गरे।

अभिषेक शर्माले २२ बलमा ३४ रन जोड्दा हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६७ रन जोडे।

एडिन मक्रमले १७ बलमा नटआउट ३२ रन र अब्दुल समादले १० बलमा नटआउट ३७ रन जोड्दा ४ चौका र ३ छक्का प्रहार गरे।

बलिङतर्फ लोकी फर्गुशनले २ तथा रिस टोप्लीले एक विकेट लिए।

आजको खेलमा दुवै इनिङ गरी ३८ छक्का र ४३ चौका प्रहार भए।

हैदरावादले कीर्तिमानी २२ छक्का र १९ चौका प्रहार गर्‍यो। जवाफी ब्याटिङ गरेको बैंगलुरूले  १६ छक्का र २४ चौका प्रहार गर्‍यो।

हैदरावादले जारी सिजनमै मुम्बई इन्डियन्सविरूद्ध २७७ रन जोडेको थियो।

अंकतालिकामा हैदरावाद ६ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा छ भने ७ खेल खेलेर ६ खेल हारेको बैंगलुरू पुछारमा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर