• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

प्रकाश दाहाल स्मृति भलिबल यसै महिना हुने 

काठमाडौँ । प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको वैशाख २२ देखि २५ सम्म हुने भएको छ । 

प्रतियोगितामा एक सय १९ पालिकाका ८० भन्दाबढी टोलीको सहभागिता रहने आयोजले जनाएको छ । 

प्रतियोगिताको विजेतालाई तीन लाख, उपविजेतालाई दुई लाख तथा सेमिफाइनमा पुग्ने टोलीलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक समिति संयोजक डोल्मा माया गोलेले जानकारी दिइन । 

विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ प्रदान गरिनेछ ।  

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती प्रदेश खेलकुद परिषद् र नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर