• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट नियमित कि विशेष ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । भेटका लागि प्रधानमन्त्री प्रचण्ड बुधबार अपरान्ह शितलनिवास पुगेका थिए ।

भेटमा समसामयिक विषयहरुमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

‘यो नियमित भेट नै हो,’ उनले भने, ुत्यस्तो विशेष भेटघाट होइन, मुलुकका पछिल्ला घटनाक्रमहरुका विषयमा प्रधानमन्त्रीले व्रिफिङ गर्नुभएको हो।’

संसद् बन्द रहेका बेला राष्ट्रपतिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले गर्न लागेको लगानी सम्मेलन र त्यसअघि गर्नैपर्ने कानूनको संशोधन गर्ने गरी अध्यादेशहरु ल्याउने विषयमा परामर्श गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर