• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

एसिसी प्रिमियर कपः सेमिफाइनलमा युएइकाे सामना गर्दै नेपाल

काठमाडाैं । नेपालले आज एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्दैछ। चीरप्रतिद्धन्दी युएइलाइ हराएर लगातार जिनकाे श्रृंखला कायम गर्न चाहान्छ नेपाल ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले आज संयुक्त अरब इमिरेट्ससँग सेमिफाइनल खेल्दैछ।

खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरू हुनेछ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो।

नेपाल  प्रिमियर कपको साविक विजेता हो।

नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ। जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर