नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उच्च बृद्धि

काठमाडौं । नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । 
चालु आवको नौ महिनाको अवधीमा बैंकले तीन अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा अर्जन गर्न सफल भएको छ । अघिल्लो आवमा बैंकको मुनाफा जम्म तीन अर्ब चार करोड ६१ लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो । बैंकको मुनाफा बृद्धमा ब्याज आम्दानी उच्च दरमा बृद्धि भएको देखाइएको छ ।

कूल ३४ अर्ब १२ करोड चुक्ता पुँजि भएको नेपाल इन्भेष्टमेन्ट बैंकको अन्य वित्तिय सूचांक बृद्धि भएको देखिएको छ । बैंकले नौ महिनामा ३२ अर्ब रुपैयाँ कूल ब्याज आम्दान गरेको छ । त्यस्तै, यस अवधीमा २१ अर्ब रुपैयाँ ब्याज प्रदान समेत गरेको छ । बैंकको खुद ब्याजद आम्दानी ११ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ७ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । बैंकले नौ महिनामा खुद फि र कमिशन बापत मात्रै एक अर्ब १४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब ५ करोड रुपैयाँ थियो ।

सर्वसाधारणले चार खर्ब तीन अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको बैंकबाट तीन खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोछ ।

बैकको खुद नाफा उच्च अंकले बढेको देखिए पनि वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ । बैंकको वितरणयोग्य मुनाफ एक अर्ब ६० करोड ९९ लाख छ हजार ऋणात्मक रहेको छ । बैंकके प्रतिशेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४४३.८५ रुपैयाँ रहेको छ । त्यस्तै, एनपिएल ४.६६ प्रतिशत, बेसरेट ८.५२ प्रतिशत रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर