• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

एसीसी प्रिमियर कपमा युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, सुरुवाती झड्का

काठमाडौं । एसीसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपालले सुरुवातमै दुई विकेट गुमाएर झड्का बेहोरेको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै क्याच आउट हुँदा अर्का ओपनर आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भए । 

ताजा अवस्थामा नेपालले ५ ओभरमा २ विकेट गुमाएर जम्मा २१ रन जोडेको छ ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।

आजै हुने अर्को सेमिफइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर