• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

नुवाकोट आमन्त्रित ओपन हाप्किडो शुरु

नुवाकोट । नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकामा आज ९शुक्रबार० बाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमल सुबेदीले गरेका थिए ।

नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र नेपाल हाप्किडो संघ तथा बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा शुरु भएको कार्यक्रममा बागमती प्रदेश सभा सांसद राम प्रसाद ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख स्वकीय सचिव नवीन पुडासैनी र नेपाल हाप्किडो संघको केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगर लगायतको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर