• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

किन दिए लुम्बिनीमा जसपाका मन्त्री अहिरले राजीनामा ?

बुटवल । जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन् । 

उनले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिएका छन् ।  चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए ।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले  सत्ता गठबन्धन र जसपाबिच  ७ बुँदे सहमति भएको र मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लङ्घन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए ।  सरकारबाट मन्त्री फिर्ता भएपनि समर्थन भने कायम रहने उनले रातोपाटीलाई बताए ।

मुख्यमन्त्री र गठबन्धनका दलले सहमति उल्लङ्घन गरेर गठबन्धनको मूल्य मान्यता र मर्म विपरीत गएकाले उनीहरूलाई नैतिकता सिकाउन आफूहरूले सरकारबाट बाहिरिने निर्णय गरेको अहिरले बताए । सरकारलाई दिएको समर्थन भने कायमै रहने उनले बताए । 

लुम्बिनीमा जसपाका तीन सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर