माइक्रोसफ्टले ९ हजार कर्मचारी हटाउने: एआईको प्रयोग

एआई को बढ्दो प्रयोगका कारण कम्पनीहरूले कसरी कामदार हटाउँदै गएको छन् भन्ने उदाहरण पछिल्लो समय माइक्राप्mटबाट बुझ्न सकिन्छ । माइक्रोसफ्टले बुधवार पुष्टि गरेअनुसार, पछिल्ला केही महिनामा गरेको तेस्रो पटकको छँटनी अन्तर्गत कम्पनीले हजारौँ कर्मचारीहरू हटाउँदै छ।
कम्पनीका प्रवक्ताका अनुसार, यो छँटनीले कुल कार्य बलको ४ प्रतिशत भन्दा कम, अर्थात् करिब ९ हजार कर्मचारीहरू प्रभावित हुनेछन्। यो सन् २०२३ मा गरिएको १० हजार कर्मचारी कटौतीपछि कम्पनीको अहिलेसम्मकै ठुलो छँटनी हो। टेक उद्योगमै अन्य कम्पनीहरूले पनि यस्तै छँटनी गरिरहेका छन्।
घोषणापछि माइक्रोसफ्टको सेयर मूल्यमा खासै परिवर्तन आएको छैन।कम्पनीका प्रवक्ताले भने, ‘हामी कम्पनी र टिमहरूलाई चलायमान बजारमा सफल बनाउने लक्ष्यका लागि आवश्यक सङ्गठनात्मक परिवर्तनहरू कार्यान्वयन गरिरहेका छौँ,’ साथै उनले थपे, ‘प्रवन्धकीय तह घटाउँदै र नयाँ प्रविधिहरू प्रयोग गरी कर्मचारीहरूलाई अझ उत्पादक बनाउने प्रयासमा छौँ।’
यो छँटनीको पृष्ठभूमिमा माइक्रोसफ्टसहित अन्य प्रविधि कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी कार्यक्षमता बढाउँदै आइरहेका छन्।कार्यकारी प्रमुख सत्य नडेलाले यसै वर्षको सुरुवातमा भनेका थिए कि कम्पनीको २० प्रतिशत देखि ३० प्रतिशत कोड अहिले एआई बाट निर्माण भइरहेको छ। माइक्रोसफ्टले एआई पूर्वाधारमा अर्बौँ लगानी गरिरहेको छ।यसअघि, माइक्रोसफ्टले मे महिनामा ३ प्रतिशत अर्थात् करिब ७ हजार कर्मचारी हटाएको थियो। सन् २०२४ जुलाईसम्मको अन्तिम सार्वजनिक तथ्यांकअनुसार, माइक्रोसफ्टमा २ ला २८ हजार कर्मचारी कार्यरत थिए।
प्रतिकृया दिनुहोस