• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

आजको राशिफलः नाम र दाम कमाउने समय छ

मेष : आज बनाएका योजना दीर्घकालीन हुनेछन्। व्यवसायमा लाभ मिल्नेछ। सामाजिक सेवा गर्ने अवसर छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। नाम र दाम कमाउने समय छ। अभिभावक र साथीसँग भेट हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट मन खुशी हुनेछ।

मिथुन : शेयर कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ। गुम्न लागेको धन प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। परिवारबाट साथ र सहयोग रहनेछ।

कर्कट : शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ। लामो यात्रामा नजानु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रम र लगानीबाट सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ।

सिंह : व्यापारमा सफलता प्राप्त हुनेछ। लामो समयको संघर्षपछि तपाईंको उदय हुने दिन हो। थोरै बोलेर धेरै काम गर्नुपर्ने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : धार्मिक यात्राको योग रहेको छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। आलस्य त्यागेर काम गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : मिठो खाने अवसर मिल्नेछ। बलले भन्दा बुद्धिले धेरै काम गर्नुपर्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिक : रोकिएको कामलाई निरन्तरता दिनु राम्रो हुन्छ। अरु सजिलै सफल बन्दा तपाईंले बढी श्रम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ, सहयोग र माया प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुने योग छ। जागिरमा बढुवा हुनेछ।

धनु : पारिवारिक समस्याले सताउने योग छ। मासु, मदिरा र सुन्दरताको पछाडि नलाग्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : हतारमा निर्णय गर्नु राम्रो हुँदैन। साथीले सहयोग गर्नेछन्। बौद्धिक व्यक्तिसँग सुझाव लिएर काम थाल्नु राम्रो हुन्छ। व्यापार भए आम्दानी बढ्नेछ।

कुम्भ : बोलीमा नम्रता र भावमा शुद्धता आवश्यक देखिन्छ। मनमा कुरा खेल्दै गर्दा काम गर्ने आँट नहुन सक्छ। तर परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

मीन : शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। विद्याको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर