• २०८१ बैशाख २२ शनिबार
  • Saturday, 4 May, 2024

रियल मड्रिडसँग पराजित भएपछि बार्सिलोनालाई धक्का

काठमाडौं । सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा जुड बेलिङघमले इञ्ज्युरी समयमा गरेको गोल निर्णायक बन्दा रियलले बार्सिलोनालाई ३–२ ले हरायो ।

प्रतिष्पर्धात्मक खेलको छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले राफिन्हाको कर्नर सटलाई हेडरमार्फत गोलमा परिणत गरे ।

तर, १८औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । लुकास भाज्क्वेजलाई डिबक्सभित्र फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै फेरी बार्सिलोनालाई अग्रता दिलाए । तर, त्यो अग्रता चार मिनेटभन्दा बढी टिक्न सकेन ।

७३औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दा खेल २–२ गोलको बराबरीमा पुग्यो । इन्ज्युरी समयको दोस्रो मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । जितसँगै रियलले ३२ खेलाबाट ८१ अंक जोड्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । समान खेलबाट बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर