• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

५ खेल अघि नै सिरिए लिग विजेता बन्यो इन्टर मिलान 

एजेन्सी । इन्टर मिलानले यस सिजनको इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ । गए राति सम्पन्न खेलमा एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ‘ए’ को उपाधि ५ खेल अघि नै जितेको हो ।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए । यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए । यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अंक भएको छ र लिगमा ५ खेल बाँकी हुँदै सिरी ‘ए’ को उपाधि जितेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अंक रेहको छ । इन्टर मिलानले योसहित सिरी ‘ए’ को उपाधि २० पटक जितेको छ । सिरी ‘ए’ को उपाधि अहिलेसम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो । युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ । युभेन्टसले २०१९– २० सिजन यता सिरी ‘ए’ उपाधि जितेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर