• २०८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024

लिभरपुलले उपाधिको सम्भावना गुमायो,वेस्ट ह्यामसँग बराबरी 

एजेन्सी । इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ ।

पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २(२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । 

४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर मार्फत गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

४८औं मिनेटमा एन्ड्रयू रोबर्टसनले लिभरपुललाई खेलमा बराबरीमा ल्याए । लुइस डियाजको पास लिँदै रोबर्टसनले लिएको प्रहार डिफ्लेक्ट भएर जालि तर्फ गएको थियो ।

६५औं मिनेटमा आत्मघाती गोलको मद्दतमा लिभरपुलले अग्रता लियो । ट्रेन्ट अलेकज्याण्डर आर्नोल्डको क्रस एडसन अल्भारेजले क्लियर गरेपछि कोडि गाक्पोको प्रहार गोलरक्षक अलफन्सो आरिओलालाई लाग्दै गोलमा परिणत भएको थियो ।

७७औं मिनेटमा वेस्ट ह्यामले बराबरी गर्यो । बावेनको क्रसमा मिखाएल एन्टोनियोले फ्रि हेडर प्रहार गर्दै खेलमा बराबरी गरे । यो बराबरीसँगै लिभरपुलले उपाधिको सम्भावनासमेत गुमाएको छ ।

बराबरी सँगै गत खेलमा एभर्टन विरुद्ध पराजित लिभरपुल ३५ खेलमा ७५ अंक सहित तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको आर्सनलको ३४ खेलमा ७७ अंक छ । ३३ खेल खेलेको म्यानचेस्टर सिटीको ३३ खेलमा ७६ अंक छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर