• २०८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024

बलियो वेस्ट इन्डिजलाई यसकारण नेपालले हराउन सक्याे

काठमाडौं । कप्तान रोहित कुमार पौडेलको शानदार कप्तानी र प्रर्दशनका कारण नेपालले आज बलियो वेस्ट इन्डिजलाई हराएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको हो ।

वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए ।

नेपालले ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो ।

कप्तान रोहितले १९ औं ओभरमा कट बिहाइन्ड हुनुअघि १ सय १२ रन जोडे ।  

४८ बलमा १० चौका र ५ छक्का प्रहार गरी १७.२ ओभरमा शतक पूरा गरेका पौडेल १८.५ ओभरमा आउट भएका थिए।

पौडेले आउट हुँदा नेपाललाई ७ बलबाट १३ रन आवश्यक थियो।

खेलपछि कप्तान पौडेलले आज आफ्नो दिन भएको प्रतिक्रिया दिएका छन् । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार शतक बनाएका उनले ‘पोस्ट म्याच प्रेजेन्टेसन’मा बोल्दै ‘टुडे वाज माई डे’ भन्दै प्रतिक्रिया दिएका हुन् ।

शानदार शतक प्रहार गरेपछि आजको ‘प्लेयर अफ दि म्याच’ समेत रोहित बने । सुरुवाती ११ मा अनिल शाहलाई ओपनिङमा ल्याउनु कुनै रणनीति नभएको पनि उनले बताए । ‘पोस्ट म्याच’ प्रतिक्रिया दिने क्रममा उनलाई अनिल शाहलाई ओपनिङमा ल्याउनु रणनीति हो भनेर सोधिएको थियो ।

‘अनिललाई ल्याउनु कुनै रणनीति थिएन,’ कप्तान पौडेलले भने, ‘आज शतक प्रहार गर्नुमा मेरो दिन रहेछ ।’ यस्तै वेस्ट इन्डिजविरुद्धको अर्को खेलमा ‘पावर प्ले’को बलिङमा ध्यान दिनुपर्ने देखिएको समेत कप्तान पौडेलले बताए । 

नेपाललले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोड्यो ।

नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहोराले १(१ विकेट लिए ।

५ खेलको सिरिज अन्तर्गत दोस्रो खेल भोलि आइतबार हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर