• २०८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024

बझाङको प्रतिस्पर्धा रोचक, फेरि एमाले अघि लाग्यो

काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवारलाइ पछि पार्दै फेरि एमालेका उम्मेदवार अघि बढेका छन् । सोमबार बिहानदेखि सिंहले अग्रता लिएका थिए । 

एमालेका दमनबहादुर भण्डारी भने झिनो अन्तरले अग्रता लिएका छन् । उनले ९ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् । केही बेरअघि आएको अपडेटअनुसार सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । 

माओवादीका जनक बुढाले ३ हजार ६ सय ६३ मत ल्याएका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछि यो क्षेत्रमा कांग्रेसका उम्मेदवारले तीनपल्ट र एमालेका उम्मेदवारले चार पटक जितेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर