• २०८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024

इलाम अपडेटः अग्रता बढाउँदै सुहाङ, डम्बरलाई डकेन्द्रको टक्कर

विराटनगर ।  इलाम–२ को प्रतिनिधि सभा उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले ३९६० को अग्रता लिएका छन्।

माई नगरपालिकाको वडा नम्बर ६ को मत गनिसक्दा सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत ल्याएर सुहाङलाई पछ्याइरहेका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन्। उनले ७ हजार ४५२ मत प्राप्त गरेका छन्।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५९६ मत ल्याएका छन्।

१ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। 

इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७ सय ३८ मत गणना गरिएको छ । 

त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई सय ५८ ल्याएका छन् । अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । 

एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसबाट खड्का दोहोर्‍याएर उठेका थिए । यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । 

गठबन्धनविहीन नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले १९ हजार ६ मत पाएका थिए । 

यस पटक माओवादी एमालेतिर छ भने कांग्रेस एक्लै भिडेको छ । यहाँ समानुपातिकतर्फ एमालेले ३० हजार ६ सय ८१ मत पाउँदा कांग्रेसले २४ हजार ६ सय ८६ मत पाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर