• २०८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024

इलाममा घण्टीकाे ‘१२ बज्यो’: जमानत जफत हुने !

काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयोन्मुख भएका छन् । 

६९ हजार २ सय मत खसेकोमा सोमबार बेलुका ८ बजेसम्म साढे ४६ हजार मतगणना भइसकेको छ । अब करिब २३ हजार मत गन्न बाँकी छ । तर, सुहाङको अग्रता ६,४६३ मतको छ ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १९ हजार ११४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले १२ हजार ६७५ मत पाएका छन् । 

निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९,४१० मत पाएका छन् । 

चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ३,२४२ मत पाएका छन् । अब इलाममा १२ वटा वडाको मत गन्न बाँकी रहेको छ ।

इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जमानत जाेगाउन कम्तिमा १० प्रतिशत मत ल्याउनु पर्नेछ । तर रास्वपाका लिम्बुकाे मतकाे अनुपात हेर्दा उनले जमानत जाेगाउनै मुस्किल पर्ने देखिएकाे छ ।

अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । ए

मालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसबाट खड्का दोहोर्‍याएर उठेका थिए । यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । गठबन्धनविहीन नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले १९ हजार ६ मत पाएका थिए । 

यस पटक माओवादी एमालेतिर छ भने कांग्रेस एक्लै भिडेको छ । यहाँ समानुपातिकतर्फ एमालेले ३० हजार ६ सय ८१ मत पाउँदा कांग्रेसले २४ हजार ६ सय ८६ मत पाएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर