• २०८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024

इलाम– २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

इलाम।  इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचत भएका छन् ।

शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाममा सुहाङ २७ हजार ७७२ मत सहित विजयी भएका हुन् ।

सदरमुकाम इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९४२ मत पाएका छन् । उनी सुहाङ भन्दा ५,८३० मतले पछि परे ।

त्यस्तै , स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४५७ मत प्राप्त गरेका छन् । उनी तेस्रोमा बने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार १५ वैशाखमा उपनिर्वाचन भएको हो ।

एमालेले इलाममा सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेको थियो । सुवास जस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन् ।

सुहाङ पेसाले अधिवक्ता पनि हुन् । बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्‍याएको छ । उनी एमालेका कानुन विभाग सदस्य पनि हुन् ।

उनले यसलाई आफ्नो र पार्टीको मात्रै नभई सिङ्गो इलामेलीको जितको रुपमा लिएको बताएका छन् ।

४२ वटा वडामा पुगेर मतदातासँग कुरा गर्दा पटक–पटक बुवालाई सम्झिएका सुहाङले जितपछि उनले भनेका छन्, ‘बुवाले जसरी इलामेली जनताको मनमा बसेर काम गर्नुभयो, म त्यसलाई कम हुन दिन्नँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर