एनजीओका प्रतिनिधि र 'भिआइपी खाजा'ले संसदीय समितिको बैठक बिथोल्यो

काठमाडौं । संसदीय समितिमा एनजीओका प्रतिनिधि र उनीहरुले उपलव्ध गराएको विशिष्ट श्रेणीको खाजाका कारण आइतबार संसदीय समितिको बैठक नै अबरुद्ध भएको छ ।
समितिलाई संसद सचिवालयले बैठक भत्ता, खाजा लगायतका लजिष्टीक उपलव्ध गराउँछ । तर आज सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा एनजीओका प्रतिनिधि नै उपश्थित भए । उनले उच्च प्रकृतिको खाजा र लजिष्टीक तयार पस्किए । जुन देखेर सांसदहरु नै चकित भए ।
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल आयोजना गरिएको थियो ।
सांसदहरू बैठक कक्षमा छिर्ने बित्तिकै उनीहरूलाई पाइलट पेन र डायरी बाँडियो । रेस्टुरेन्टको स्टाइलमा नेप्किन, काँटा चम्चासहित खाजाको व्यवस्था देखेपछि सांसदहरू चकित परेको एक सांसदले बताए ।
सांसदहरूले सोधे– ‘के हो आज समितिमा यस्तो नयाँ चीज पो देखियो त ।’ त्यसपछि समिति सभापति रामहरि खतिवडाले ठट्टा गर्दै भने– ‘आज बैठकमा माननीय गृहमन्त्री आउनुभएको भएर विशेष व्यवस्था गरिएको हो ।’
त्यसपछि कांग्रेस सांसदले नै मजाक रमाइलो नगर्न आग्रह गरे । रास्वपा सांसद चन्दा कार्की लगायतले समितिमा ल्याइएको खाजाको बारेमा प्रश्न उठाए । त्यसपछि गृहमन्त्री लामिछानेले के हो यस्तो नयाँ चिज देखियो, यसबारे प्रस्ट पार्नुपर्यो भनेर सभापति खतिवडालाई आग्रह गरे । सभापति खतिवडाले यो हाम्रै चिज हो, आन्तरिक रूपमा व्यवस्थापन गरिएको भनेर जवाफ दिए ।
तर आन्तरिक श्रोतबाट बैठक व्यवस्थापन गरिएको थिएन । विवाद चर्किएपछि एनजिओ प्रतिनिधिले आफ्नो संस्थाले खाजाको व्यवस्था गरेको बताए । ती व्यक्तिले सांसदहरूलाई होटलमा लगेर छलफल गराउने कुरा पनि भएको तर संसदीय समितिमै छलफल गर्ने भनेर व्यवस्था गरेको बताए।
त्यसपछि गृहमन्त्री रवि लामिछाने समितिको हलबाट बाहिरिए ।
गृहमन्त्री लामिछाने उठेर गएपछि अरू सांसदपनि उठेर हिडेपछि बैठक नै अवरुद्ध हुन पुगेको एक सांसदले बताए ।
प्रतिकृया दिनुहोस