• २०८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024

बुटवलको डेल्टा कम्प्लेक्समा भयानक आगलागी

बुटवलको मिलनचोक‌मा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ।

बिहीबार साँझ लागेको आगलागी निभाउन प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी विजयराज पण्डितले जानकारी दिए। 

उनका अनुसार डेल्टा कम्प्लेक्सको चौथो तल्लामा आगलागी भएको हो। 

उक्त कम्प्लेक्समा नेपाली जुत्ताघर, लुगाघर, पठनपाठन, खेलकुद, खाद्यान्न लगायतका सामाग्रीहरुका पसल छन्, उनले भने, डेल्टाको सबैभन्दा माथिल्लो तल्लाबाट आगोको ज्वाला निस्केर आगलागी भएको रहेछ।

अहिले आगलागीका कारण मिलनचोक क्षेत्रको आकाश धुँवाको कालो मुस्लोले भरिएको छ।

60613553-30b4-455c-946f-fc218f741d8f.mp4

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर