• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

डिजिटल साक्षरता बढाएर सरकारले टिकटक खोल्नुपर्छ: उपाध्यक्ष बस्नेत

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले डिजिटल साक्षरता बढाएर सरकारले टिकटक खोल्नुपर्ने धारणा राखेका छन्। बस्नेतले आजको आधुनिक समाजमा  विकृति  ल्यायो भन्दैमा टिकटक लगायतका सामाजिक सञ्जाल बन्द नै गर्नु उचित नहुने जिकिर गरे ।

युवालयद्वारा आयोजित डिजिटल साक्षरता र घृणास्पद अभिब्यक्ति सम्वन्धि कार्यक्रममा उपाध्यक्ष बस्नेतले भने- 'अवश्य पनि टिकटक,  फेसवुकले समाजमा थुप्रै विकृति ल्याएका छन्। तर त्यससंगै कयौं सकारात्मक कुरा पनि ल्याएका छन्।' बस्नेतले खुल्ला समाजमा यस्ता माध्यम वन्द गर्नुको सट्टा नियमन र अनुगमनमा जोडदिनुपर्ने वताए।

'असत्यको ढोका वन्द गर्न खोज्दा सत्य पनि वाहिरै पर्ला भन्ने एउटा भनाई छ, कतै त्यस्तो नहोस्,' वस्नेतले भने' के ठिक र के वेठिक भनेर छुट्याउन सक्नेगरी आम रुपमा सुचना प्रविधि साक्षरता अभियानका सञ्चालन गर्नुपर्दछ।' 

डिजिटल साक्षरता ब्यापक हुन सक्यो र टिकटक लगायतका माध्यमलाई नियमनको परिधि भित्र ल्याउन सके विकृतिवाट वच्न सकिने बस्नेतले जिकिर गरे। 

कार्यक्रममा युवालयका अध्यक्ष धर्मराज रिमालले घृणास्पद अभिब्यक्तिले ठाउँ पाएकाले गर्दा कतिपय सोसल मिडिया वदनाम  भएको जिकिर गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर