• २०८१ असार २२ शनिबार
  • Saturday, 6 July, 2024

रास्वपामा लफडाः मुकुल ढकाललाई निलम्बन, झा बने प्रवक्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेपछि कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ। 

बुधबार महामन्त्री डा. ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएको थियो ।  त्यस्तै, कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ। 

पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको हो।

पार्टी अनुशासनविपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको ती पदाधिकारीले बताए। 

बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो।

बैठकमा बोल्न नमानेर बैठकबाहिर मिडियासँग पार्टीविरुद्ध बोलेको भन्दै पार्टीले कारबाही गरेको हो। 

महामन्त्री ढकाल बुधबारको बैठकमा बोल्न नपाएको भन्दै मुखमा मास्क र कालो टेप लगाएर बसेका थिए। उनले नै तयार पारेको प्रतिवेदनमाथि रास्वपामा दिनभर छलफल भएको थियो। 

बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालको क्रियाकलापमाथि प्रश्न उठाएका थिए। 

 महामन्त्री ढकालले एक महिने देश दौडाहपछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएपछि विवाद सतहमा आएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर