• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

एसमा पुरानै नेतृत्व कायम, अध्यक्ष नेपाल, महासचिव भुसाल

काठमाडौं । चुनावकाे अन्तिम तयारीका बाबजुत सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले सर्वसम्म मूल नेतृत्व चयन गरेकाे छ । 

काठमाडाैंमा जारी महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् । 

नेताहरूकाे याे यसअघिकै नेतृत्व पंङ्ती हाे ।

कमलादीस्थित  प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।

सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो।

उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका प्रमुख झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।

गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो।

बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर