• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

७६ (२) को सरकार ढलेपछि ७६ (३) अनुसार सरकार ! कांग्रेसमा मत बाझियाे

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै कांग्रेस संस्थापनइतर पक्ष प्रधानमन्त्री प्रचण्डसँग नजिकिएकाे छ ।

इतर पक्षका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गिर संविधानकाे धारा ७६ (२) बाट बनेकाे सरकार ढलेपछि ७७६ (३) अनुसारकाे सरकार गठन हुनेमा सहमति जनाएका छन् ।

२८ असारमा संसद्मा विश्वासको मत लिने तयारी गरिरहेका वेला आएको उनको अभिव्यक्तिले आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति गरेका दुई दलका शीर्ष नेतालाई पनि सतर्क बनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका इतर समूहका नेता डा.शेखर कोइरालाबीच शनिबार बिहान बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । 

कोइरालाले प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत नपाए ७६(३) अनुसार सरकार बन्नेतर्फ सचेत हुनुपर्ने बताएको अर्को दिन यी नेताबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बताए । 

कांग्रेस र एमालेले संविधानको धारा ७६(२)अनुसार आलोपालो सरकार बनाउने सहमति गरेका छन् । सहमति दुवै पार्टीले अनुमोदनसमेत गरिसकेका छन् । तर, सहमतिपत्र अहिलेसम्म गोप्य राखिएको छ । 

कांग्रेस संसदीय दलले भने धारा ७६(३) अनुसार सरकार गठन हुने कुनै सम्भावना नरहेको ७६(२) अनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताएकाे छ ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पाैडेलसँग पनि छलफल गरेका थिए । पाैडेले संविधान अनुसार चल्छु भनेपनि उपधारा २ वा ३ कुनमा जन्छ भन्ने खुलाएका छैनन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो ।

समझदारीअनुसार एमाले अध्यक्ष ओलीले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेछन् । कांग्रेस-एमालेबीच निर्वाचन प्रणाली र शासकीय पद्धति पनि फेर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस एमालेको पक्षमा १६७ मत रहेको छ । जब कि बहुमतका लागि १३८ मत आवश्यक पर्छ । अङ्कगणित आफ्नो पक्षमा प्रतिकुल हुँदाहुँदै प्रचण्डले विश्वासको मत लिन खोज्नुलाई राजनीति वृत्तमा अनेकन् विश्लेषण भइरहेको छ । 

केहीले संविधानले दिएको अधिकार प्रयोग गर्नु प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । केहीले त्यतिबेलासम्म कांग्रेस एमालेको सम्बन्धमा फाटो ल्याउन सकिन्छ कि भनेर प्रयोग गर्न खोजिएको हुन सक्ने अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर