हिलोले गुड्नै नसक्ने भएपछि अरनिको राजमार्ग बन्द

काठमाडौं । राजधानी काठमाडौं नजिकै रहेको धुलिखेल खावा सडकखण्ड हिलोको कारण अवरुद्ध भएको छ ।

रातभर परेको पानीले बाटो खनेर छोडिएको माटो हिलो हुँदा मोटरसाइकलहरु फसेका छन् । 

अन्य सवारी साधान चलाउन नमिलेपछि धुलिखेल खावा क्षेत्रमा लामो जाम भएको छ ।

स्थानीय प्रशासनका अनुसार अहिले डोजर लगाएर हिलो सफा गरि अबरोध खोल्ने प्रयास भइरहेको छ । 

लामाे समयदेखि निर्माणाधिन साे सडक खण्डकाे काम बेलैमा नसक्दा यात्रुहरूले सास्ती भाेग्नु परेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर