• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

महिला एसिया कपः भारतसँग नेपालको फराकिलो हार

काठमाडौं । एसीसी महिला एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ । 

जारी प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरिरहेको भारत विरुद्ध नेपालका बलर र ब्याटर दुवैतर्फ राम्रो प्रदर्शन हुन सकेन । 

पहिला बलिङ गरेको नेपालका बलर विरुद्ध भारतीय ब्याटर हावी भए । उनीहरुले नेपाल विरुद्ध १७८ रनको कठिन लक्ष पेश गरेका थिए । 

नेपाल विरुद्ध भारतले ३ विकेट गुमाउँदै पूरा ओभर खेल्दा १७८ रन बनाएको थियो । 

नेपालका लागि सीता रानामगरले २ तथा कविता जोशीले एक विकेट लिए । 

भारतको कठिन लक्ष पछ्याउने क्रममा नेपालका चार ब्याटरले दोहोरो अंक बनाए, ७ ब्याटर दोहोरो अंक बनाउनबाट चुके । 

सीता रानामगरले १८ कप्तान इन्दु बर्माले १४, रुविना क्षेत्रीले १५ र बिन्दु रावलले नटआउट १७ रन बनाए । नेपालका लागि एक मात्रै छक्का रुविना क्षेत्रीले हानिन् । 

आजको हारसँगै नेपालले समूह ए मा २ अंक सहित प्रतियोगिता अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा युएई विरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सो जित नेपालको एशिया कप इतिहासमा एकमात्र जित रहेको छ ।

नेपालको समूहबाट भारत ६ अंक सहित समूह विजेता बनेको छ । पाकिस्तान ४ अंक सहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर