• २०८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024

नेपाल क्वानकिडो संघको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न: अध्यक्षमा सुर्वण विसी

काठमाडौं । नेपाल क्वानकिडो संघको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । संघको प्रथम राष्ट्रिय अधिवेशनले अध्यक्षमा सुर्वण विसीसहित १७ जना पदाधिकारी चयन गरेको हो । जसको उपाध्यक्षमा भुपेन्द्र वली, सन्देश दर्लामी दोर्जे मगर र महासचिवमा टेकराज केसी चयन भएका छन् ।

यस्तै उपमहासचिवमा विवेक धिमाल, सचिवमा प्रेम पुन मगर, कोषाध्यक्षमा रस्कु क्षेत्री र अन्य सदस्य चयन भएको संघले जनाएको छ । निर्वाचित पदाधिकारी र सदस्यलाई पूर्वसभामुख ओनसरी घर्तीमगरले बधाइ ज्ञापन गरेकी थिइन् ।

यसैगरी सदस्यहरुमा रुपेश यादव, समित वेधा, सिर्जना बुढा मगर, राजकुमार बुढा, सुरज थापा मगर र विजय घर्ती मगर चयन भएका छन् ।

खेल क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ स् पूर्वसभामुख घर्ती

यसैबीच कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख ओनसरी घर्तीले खेल क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताएकी छन् । मंगलबार नेपाल क्वानकिडो संघको प्रथम राष्ट्रिय अधिवेशनमा बोल्दै उनले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी हुन् ।

‘पहिले जो राज्य शक्तिको नजिकमा रहेका थिए उनीहरूले खेल क्षेत्रमा अवसर पाएका थिए,’ उनले भनिन्, ‘गणतन्त्रपछि आमयुवाहरूले पनि यस क्षेत्र अवसर पाएको देख्छु ।’

१० वर्षे जनयुद्धलगायत जनआन्दोलनबाट धेरै कुराहरू प्राप्त भएको बताउँदै खेलाडीहरूले देखेको सपना चाँडै पूरा हुने विश्वास व्यक्त गरिन् । गणतन्त्रपछि खेलकुद क्षेत्रमा धेरै युवाहरूले चासो राखेको बताउँदै अझै पनि खेल क्षेत्रका लागि प्रर्याप्त बजेटको व्यवस्था नभएको सुनाइन् ।

यसअघि पनि बजेटको अभावमा खेलाडीहरूले आफ्नो प्रतिभा देखाएर नेपाललाई विश्वमाझ चिनाउने काम गरेको उल्लेख गरिन् । ‘गत वर्षहरूभन्दा खेल क्षेत्रमा खेलाडीहरूले राम्रो प्रर्दशन गर्दै आइरहेका छन्,’ उनले भनिन्, ‘सबैको प्रयासले खेल क्षेत्रलाई राज्यले हेर्न दृष्टिकोण विस्तारै परिर्वतन हुँदैछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर