पदाधिकारी तहमा राजनीतिक समीक्षा गर्दै माओवादी
काठमाडौं । सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पहिलाेपटक बस्दैछ।
शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
बैठकमा पछिल्लो केन्द्रीय समिति बैठकयताका समग्र परिस्थितिको समीक्षा हुने र आगामी कामबारे छलफल हुने सापकोटाले जानकारी दिए।
त्यस्तै नयाँ समीकरण बनेपछिको वर्तमान राजनीतिक परिस्थति, शान्ति प्रक्रिया र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल हुने उपाध्यक्ष सापकोटाले जानकारी दिए।
माओवादी सरकारमा गएपछि संगठनात्मक गतिविधि सुन्यमा पुगेकाे थियाे । संगठनात्मक काम गर्न र सत्ताकाे वरिपरि घुम्न छाेड्नुपर्ने कार्यकताकाे ठूलाे दबाब नेताहरूलाइ छ ।
प्रतिकृया दिनुहोस