• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

सन्दीपले एक विकेट लिए तर टिम हारबाट बचेन

काठमाडाैं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ ।

टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। 

टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक ४४ रन बनाए। रासिइ भान डार डुसेन ३१ रनमा नटआउट रहे । उन्मुक्त चन्द २३ जोडे । ४ ओभर 
बलिङ गरेका सन्दीपले उन्मुक्तको विकेट लिए। अर्को विकेट पाउल भानले लिए।

त्यसअघि भ्यानकुभरले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो। 

रेजा‌ हेन्रिक, मुनिर अहमदले समान २३ रन बनाए। ड्वाइन प्रिटोरियसले १६ , सन्दीपले १५ रन‌ जोडे। टोरोन्टोका जुनेद सिद्दिकीले ४ विकेट लिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर