बजेटमा घोषणा भएका कार्यक्रमलाई मौद्रिक नीतिले कसरी समेट्यो ?

काठमाडौं । मौद्रिक नीतिले चालु आर्थिक वर्ष २०८१र८२ को बजेटमा घोषणा भएका ५ कार्यक्रमलाई समेटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति मार्फत विभिन्न पाँच वटा कार्यक्रमलाई समेटेको हो ।

बजेट वक्तव्यमा कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने उल्लेख गरिएको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने उल्लेख थियो । मौद्रिक नीति मार्फत पनि यसलाई समेटीएको छ ।

यस्तै, बजेटमा उल्लेख भएका वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा विनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने मौद्रिक नीतिमा पनि उल्लेख छ ।

यस्तै, बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि सरकारलाई सहजीकरण गरिने र युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पु¥याउन सहजीकरण गरिने विषयलाई पनि मौद्रिक नीतिले समेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर