लक्ष्मी सनराइज बैंकको ब्रान्ड फिल्म सार्वजनिक

लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘हाम्रो बचतको सम्मान र सही लगानी’ सार्वजनिक गरेको छ। दुई मिनेट २० सेकेन्डको सर्ट फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्‍याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ।

खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा
फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ। उनले जम्मा गरेजस्तै ससाना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनामा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँछ। बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्धितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ।

सफलताको गाथा बुन्दै
बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ। यस्ता कर्जाहरूले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरू पनि यस फिल्ममा समेटिएको छ।

साझा समृद्धिको उत्सव मनाउँदै
यस फिल्ममार्फत बैंकमा बचत गर्न किन जरुरी छ रु बैंकमा गरिएको बचत कहाँकहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरूको प्रवर्द्धनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको बैंकले जनाएको छ। बचत गर्ने बैंकका ग्राहकहरू नै देशको समृद्धिको सारथि भएको कुरा प्रतीत गराइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर