लाखौं असुल्ने रातो बंगला, युलियन्स, लिटल एन्जल्स स्कुलकै सैयाैं विद्यार्थीले एसईईमा फेल !

काठमाडौं । विद्यार्थीका अविभावकबाट लाखौं रुपैंया असुलेर विद्यालय चलाउने ललितपुरका दर्जनौं स्कुलहरुले गत एसईई परिक्षामा एनजी अर्थात नन्ग्रड ल्याएको सार्वजनिक भएको छ ।
जिल्ला विकास तथा समन्वय इकाई ललितपुरले एनजी पाएका विद्यार्थीका लागि नयाँ परिक्षा तालिका सार्वजनिक गर्ने क्रममा परिक्षामा असफल भएका विद्यार्थी र स्कुलहरुको विवरण सार्वजनिक गरेको थियो ।
जसमा नाम चलेका सरकारी तथा निजी शिक्षालयहरु छन् । ललितपुरका हात्तिबनका रहेको लिटिल एन्जल्स स्कुलमा ठूलो संख्यामा विद्यार्थी असफल भएका छन् ।
गोदावरी तथा जाउलाखेलमा रहेको सेन्ट जेभियर्स तथा सेन्ट मेरिजका विद्यार्थी पनि एनजी अंक ल्याउनेमा परेका छन् ।
नाईटिङगेल्स, आइडिएल मोडल, डिएभी सुशील केडिया, युनाईटेड, नेपाल डन बोस्को, रातो बंगला, युलियन्स तथा युनाईटेड लगायत विद्यालयका विद्यार्थीहरुले ननगेड अंक ल्याएका हुन् ।
लिटल एन्जल्स स्कुलका मात्रै ११५ जना असफल भएको परिणाममा देखिएको छ ।
सेन्ट जेभियर्स, सेन्ट जेभियस गोदावरी र सेन्ट मरिजमा गरि १५ जना विद्यार्थीले एसईई परिक्षामा अनुर्तिण अंक पाएका छन् ।
नाइटिङगेल इन्टरनेशनल स्कुलका १० जना विद्यार्थी असफल भएका छन् ।
आइडियल मोडलका ११ जना, डिएभी सुशिल केडियाका ११ जना, रेडिएन्ट रिडर्स सानेपाका २० जना, युनाईटेड स्कुलका ५ जना, नेपाल डन बोक्कोका १२ जना, रातो बंगलाका ६ जना, युलियन्सका १ जना, युनाईटेडका ९ जना विद्यार्थी एसईई परिक्षामा पास अंक ल्याउन असफल भएका छन् ।
असफल भएका विद्यार्थीहरुका लागि पुरक परिक्षाका लागि तालिका सार्वजनिक भएको छ । विद्यार्थीहरुलाई साउन २३ गतेदेखि पुरक परिक्षा दिने अवसर मिलेको छ । परिक्षा विहान ११ बजेपछि सुरु हुने समन्वय इकाईले जनाएको छ ।
नाम चलेका र लाखौं पैसा असुल्ने स्कुलहरुकै विद्यार्थी एसईईमा ठूलो संख्यामा असफल भएपछि उनीहरुको शिक्षा प्रणाली, क्यालेण्डर तथा शैक्षिक गुणस्तरबारे भने प्रसस्त प्रश्नहरु उठेका छन् ।
प्रतिकृया दिनुहोस