गजुरेलले किन त्याग्न लागे माओवादी उपमहासचिव पद ?

काठमाडौं । कुनैबेला अध्यक्षबाहेक नेकपा माओवादी केन्द्रमा सबै सदस्य दिए । भद्दा संगठनले प्रतिफल नदिएपछि सबैकाे पद घटुवा गरिएकाे थियाे । अहिले उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएर साेही स्पिरिट समाउने तयारी गरेका छन् । उनले उपमहासचिव पदबाट राजीनामा दिने तयारी गरेकाे बताए ।
शुक्रबार (साउन ११) पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै राजीनामा लागि अध्यक्ष प्रचण्डलाइ राजीनामाका लागि अनुमति माका छन् । अनुमति पाएमा राजीनामा दिने उनले बताए ।
उनले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आह्वान गरेका छन्।
माओवादीले साउन २५ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ।
गजुरेलले पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।
स्थायी समितिमा वैचारिक, राजनीतिक क्षमता र गौरवपूर्ण इतिहास र अनुभव भएका नेता छुटाएको भन्दै गजुरेलले आफ्ना नेता मात्र समेट्ने चिन्ता नेताहरूमा देखिएकोमा असहमति जनाएका छन्।
गजुरेलले यसअघि प्रचण्ड प्रधानमन्त्री छँदा प्रधानमन्त्रीको सल्लाहकार पदबाट पनि राजीनामा दिएका थिए। उनी हाल काेशी प्रदेशकाे इन्चार्जकाे रूपमा कार्यरत छन् ।
प्रतिकृया दिनुहोस