• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

ओलीले देउवालाई दिएको बचन पूरा भएन, बिहीवार पनि भएन गभर्नर नियुक्ति

काठमाडौं । सत्ता साझेदार दुइ दल कांग्रेस र एमालेबीच गभर्नल कांग्रेसले लिने र बिहीबारसम्मा नियुक्त हुने भनिएकाे थियाे । तर हिजाेकाे मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिकाे निर्णय नगरेकाे मन्त्रीहरूले बताए । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए ।

उनका अनुसार  बैठकले केही विदेश भ्रमणहरू स्वीकृत गरेको छ । त्यसबाहेक अन्य सामान्य निर्णयहरू गरेको छ ।

यसअघि कांग्रेस बैठकमा बाेल्दै सभापति शेरबहादुर देउवाले गभर्नर बिहीबारसम्ममा नियुक्त गर्ने बचन प्रधानमन्त्रीले दिएकाे सुनाएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर