विश्वका ४ अर्ब गरिबसँग भन्दा बढी सम्पत्ति ८१ जना अर्बपतिसँग

काठमाडौं । माइम आर्ट अध्ययन गर्ने इटालीका कम्युनिस्ट विद्यार्थी, बलमा नजर राख्ने एक प्रतिभाशाली बालक र हास्य कलाकारमा के समानता हुन सक्छ ?

वास्तवमा यी तीन जना पछि एक धेरै विशेष वैश्विक समूहको हिस्सा बने । हामी म्युचिया प्राडा, टाइगर वुड्स र जेरी सेनफिल्डको बारेमा कुरा गर्दैछौं, जो अब विश्वका २८०० अरबपतिहरूको सूचीमा परेका छन् ।

यो सूचीमा विश्वका विभिन्न देशका मानिसहरू परेका छन् ।

विश्वका धनी व्यक्तिको सूची तयार गर्ने अमेरिकी मिडिया फर्म फोर्ब्सका अनुसार अर्बपतिको संख्यामा अमेरिका पहिलो स्थानमा छ, जहाँ ८१३ अर्बपति छन् ।

दोस्रो स्थानमा हङकङ र चीन ४ सय ७३ अर्बपतिका साथ छन् भने तेस्रो स्थानमा रहेको भारतका २०० अर्बपति छन् ।

अर्बौंका यस्ता सम्पत्ति अनुमान गर्न गाह्रो छ । एक अर्ब धेरै ठूलो संख्या हो । यसको अन्दाजा लगाउनका लागि तपाईं यसलाई यसरी बुझ्न सक्नुहुन्छ कि १० लाख सेकेन्ड बराबर ११ दिन हो, जबकि एक अर्ब बराबर ३२ वर्ष हो ।

असमानतासम्बन्धी २०२३ को प्रतिवेदनमा अक्सफामले भनेका थिए, ‘हरेक अर्बपति नीतिगत गल्तीको परिणाम हो, बढ्दो गरिबी र बाँच्नका लागि आवश्यक स्रोतहरूको संकटका बीचमा रेकर्ड मुनाफाको साथ फस्टाउँदै अर्बपतिहरूको अस्तित्व मानवताको लागि काम गर्न असफल आर्थिक प्रणालीको प्रमाण हो।’

यही असमानताका कारण धेरै देशमा आम्दानीमा करको सट्टा सम्पूर्ण सम्पत्तिमा कर लगाउने कुरा भइरहेको छ ।

अमेरिकामा डेमोक्रेटिक पार्टीका सिनेटर एलिजाबेथ वारेनले ५ करोड डलरको सम्पत्तिमा दुई प्रतिशत र १ अर्ब डलरको सम्पत्तिमा तीन प्रतिशत कर लगाउने प्रस्ताव गरेकी छन् ।

जबकि केही मानिसहरू ठूलो धनको सम्भावनाले लाखौं मानिसहरूको जीवनमा सुधार गर्ने, नयाँ सिर्जना र आविष्कारहरूलाई प्रोत्साहन दिने तर्क गर्छन् ।

केही अर्थशास्त्रीहरू अर्बपतिहरूको संख्या बढाउन चाहन्छन् ।

यी सबैको बीचमा अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेनले तर्क गर्छन् कि हामीलाई कम होइन, धेरै अर्बपतिहरू चाहिन्छ ।

उनले नोबेल पुरस्कार विजेता विलियम नोर्डहसको सिद्धान्त उद्धृत गरे जसमा नोर्डहसले प्राविधिक आविष्कारबाट हुने नाफाको दुई प्रतिशतमात्र संस्थापक र आविष्कारकलाई जान्छ, बाँकी समाजमा जान्छ ।

स्ट्रेन अरबपतिहरूको बारेमा भन्छन्, ‘तिनीहरू स्वनिर्मित आविष्कारकहरू हुन् जसले हाम्रो जीवनशैली परिवर्तन गरेका छन् ।’

यसको पक्षमा उनले बिल गेट्स र स्टिभ बाल्मरको उदाहरण दिए, जसले कम्प्युटिङको संसारमा क्रान्तिकारी परिवर्तन ल्याए ।

स्ट्रेनले प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेट र जेफ बेजोसको उदाहरण पनि उद्धृत गरे । बफेट र बेजोसले रिटेल क्षेत्रलाई प्रवर्द्धन गरे भने एलोन मस्कले अटोमोटिभ उद्योग र अन्तरिक्ष व्यवसायलाई परिवर्तन गरे ।

स्ट्रेन भन्छन्, ‘नीति असफलता’ का कारण सबै अर्बपति बनेका छैनन्, बरु आफ्नै नवीनता र मिहिनेतले यो स्थानमा पुगेका हुन्, उनीहरू अर्बपति नहोस् भनेर कामना गर्नुको सट्टा हामीले उनीहरूको सफलतामा खुसी हुनुपर्छ ।’

धेरै अर्बपतिहरूले ठूलो रकम दान गर्छन् । गेट्स र बफेटले ‘द गिभिङ प्लेज’ जस्ता पहल गरे, जसअन्तर्गत उनीहरूले आफ्नो जीवनकालमा आधाभन्दा बढी सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘द गिभिङ प्लेज’ मा विश्वास नगर्ने र्‍यापर र बिजनेस मुगल अर्बपति जे–जेडले आफ्नो सम्पत्तिको बचाउमा भने, ‘यदि म गरिब थिएँ भने म जस्तो मान्छेलाई सहयोग गर्न सक्दिनथें, त्यसैले म धनी भएँ, र तिनीहरूलाई मद्दत गरेँ, मेरो लागि यो हरेक परिस्थितिमा जित्नु जस्तै हो ।’

कोही कसरी बन्छ करोडपति रु

यसै कोही पनि करोडपति बन्दैनन् । तिनीहरूको सफलताले हामीलाई हाम्रो बारेमा पनि बताउँछ । कसैलाई धनी बन्न गाह्रो छ जबसम्म उसले मानिसहरूलाई यस्तो चिज दिँदैनन् जो तिनीहरूलाई एकदमै महत्वपूर्ण छ वा त्यसले तिनीहरूको मुहारमा खुसी देओस् ।

चर्चामा रहेका अर्बपतिहरूले संसारलाई कुनै न कुनै हदसम्म, धेरै वा थोरै परिवर्तन गरेका छन् । चाहे त्यो प्राडा उत्पादन होस् वा स्टार वार्स सिनेमा वा टिकटक । यति मात्र होइन, यी सबै हासिल गर्ने उनीहरूको कथा पनि रोचक छ ।

उदाहरणका लागि गुगल सर्च इन्जिनको प्रारम्भिक रूप यसका संस्थापकले १० लाख डलरमा बेच्न चाहेका थिए, तर उनले कुनै खरिदकर्ता फेला पार्न सकेनन् । आज गुगलको मूल्य २३ खर्ब डलर छ, जबकि यसका सह–संस्थापक सर्गेई ब्रिनको व्यक्तिगत सम्पत्ति १३५ अर्ब डलर छ, जुन मोरक्को जस्तो देशको जीडीपी बराबर हो ।

म्युचिया प्राडा १९६० मा इटालीमा एक वामपन्थी मारिया बियान्ची थिइन् । आफ्नो नाम मारिया बियान्चीबाट म्युचिया प्राडामा परिवर्तन गर्नुअघि उनी थिएटर स्कूलमा माइम आर्ट पढ्दै थिइन् । माइम आर्ट मौन अभिनयको एक शैली हो । यसमा अनुहारको हावभाव र इशाराहरूमार्फत मात्र चीजहरू व्याख्या गरिन्छ ।

आफ्नो दममा भारतको पहिलो महिला अर्बपति बनेकी किरण मजुमदार शाले सुरुवात बियर बनाउनबाट गरेकी थिइन् । पछि उनले औषधी क्षेत्रमा हाल हालेर प्रयास गरिन् र उनको नाम एसियाको सबैभन्दा ठूलो इन्सुलिन उत्पादकमा सामेल भयो ।

अमेरिकी हास्य कलाकार र अभिनेता जेरी सेनफिल्डका आमाबाबु दुवै अनाथ थिए । उनका बुबाले जेरीलाई कहिल्यै अँगालो हालेनन् । सायद यही कारणले गर्दा ल्यारी डेभिडले आफ्नो हिट कमेडी सेनफिल्डमा यो प्रख्यात पङ्क्ति राखेका थिए– ‘नो हगिङ एण्ड नो लर्निङ ।’

यी अर्बपतिहरूको सफलताले प्रायः व्यापक ऐतिहासिक, राजनीतिक र प्राविधिक प्रवृत्तिहरूको कथा पनि बताउँछ ।

अलि बाबाका सह–संस्थापक ज्याक माले पनि एकैसाथ उदीयमान दुई शक्तिबाट फाइदा उठाए । त्यतिबेला अनलाइन रिटेलले गति लिइरहेको थियो र अर्कोतिर चीन पनि बलियो अर्थतन्त्रका रूपमा उभिरहेको थियो । र, त्यहाँका जनताको समृद्धि पनि बढिरहेको थियो ।

सफलतामा धेरै हिस्सेदार हुन्छन्

त्यस्ता कथाहरू पनि छन्, जहाँ भाग्यले सबैभन्दा ठूलो भूमिका खेलेको छ ।

१९६० को दशकको उत्तरार्धमा, माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकामा कम्प्युटरहरू भएका केही विद्यालयहरू मध्ये एकमा जाने गर्थे ।

त्यस्तै, रिहानाले एक रेकर्ड निर्माता बार्बाडोसमा छुट्टीमा हुँदा अडिसन गर्ने मौका पाएकी थिइन् ।

केही व्यक्तिहरूको लागि परिवार सबैभन्दा सहयोगी साबित भए ।

प्रसिद्ध गायिका टेलर स्विफ्टको सम्पूर्ण परिवार आफ्नो छोरीको करियरलाई अगाडि बढाउन पेन्सिलभेनियाबाट न्यासभिल गए ।

अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनकी आमाले उनलाई एडिडास वा कन्भर्सजस्ता खेलकुद कम्पनीहरूसँग कुनै पनि सम्झौता गर्नुअघि ‘नाइकी’ को कुरा सुन्न सल्लाह दिएकी थिइन् । पछि यो सम्झौता खेलकुद इतिहासमा सबैभन्दा ठूलो सम्झौता साबित भयो ।

निस्सन्देह, यी कथाहरूमा केही क्षणहरू छन् जसमा साना घटनाहरूले यी अर्बपतिहरूको जीवन र भाग्यलाई परिवर्तन गर्यो । तर, जब अवसरको ढोका खुल्छ, तपाईंले सबै कुरा दिमागमा राखेर हिँड्नुपर्छ ।

र, यदि ती सबैमा एउटै कुरा समान छ, त्यो हो ऊर्जा, प्रेरणा र प्रतिबद्धता । जुन यस्ता व्यक्तिहरूले आ–आफ्नो क्षेत्रमा ल्याएका छन् । अनि उनीहरू जहिले अगाडि बढ्ने चाहना राख्छन् । बीबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर