• २०८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024

स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पुर्‍याउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले  हाल एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् ।

बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उनको योजना छ ।

उनले भने, 'बिमाको हालको दायरा कम्तीमा ५ लाख बनाउने गरी फराकिलो बनाउन नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ । त्यससँगै स्वास्थ्य बिमा सेवालाई गुणास्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आवद्धतालाई द्रुत गतिमा बढाउन, स्वास्थ्य बिमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित गरिनेछ ।'

मन्त्री पौडेलले समायोजनमा समस्या परेका स्वास्थ्यकर्मीको पदस्थापन गर्ने व्यवस्था गर्ने बताएका छन् । 'कार्यदक्षताअनुसार पदस्थापन हुन नसकेका विशेषज्ञ चिकित्सकको सेवा अनुसारका अस्पतालमा व्यवस्थापन गरिनेछ,' उनले भने । मन्त्री पौडेलले जनशक्तिको नियमित पुनरावलोकन गर्ने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था गरिने बताए ।

उनले १०० बेड भन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने निर्णय कार्यान्वयन गरिने बताएका छन् । त्यस्तै, संघीय अस्पतालको सेवा विस्तार एवम् अस्पतालहरुमा शल्यक्रिया क्षमता विस्तार गरी शल्य चिकित्सा सेवामा हुने लामो क्यू घटाउनका लागि अपरेसन थिएटरमा पूर्वाधार थप गर्ने योजना बनाएको उनले बताए । 

वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमति स्वास्थ्य परीक्षण व्यवस्थित गरिने मन्त्री पौडेलले घोषणा गरे । उनले रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने घोषणा गरे ।

एकीकृत स्वास्थ्य प्रणाली
संघीय अस्पतालहरुमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने योजना पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सुनाए ।
समायोजनमा अटाउन नसकेका १ हजार बढी स्वास्थ्य जनशक्तिलाई को समायोजन नभएकोलाई जिम्मेवारी सहित व्यवस्थापन गर्ने मन्त्री पौडेलले घोषणा गरे । उनले सबैखाले नसर्ने रोगको परीक्षणलाई व्यापक बनाउने घोषणा गरे ।

चिकित्सकलाई कायदक्षताको आधारमा भत्ता, संघीय अस्पतालमा सेवा थप्ने घोषणा
परम्परागत पद्दती तोड्न आफूले समय लगाएर योजना ल्याएको भन्दै मन्त्री पौडेलले संघीय अस्पतालको सेवा सुधारका लागि कार्यदक्षताका आधारमा चिकित्सक लाई भत्ता दिइने घोषणा गरे । उनले संघीय अस्पतालमा दुवै सिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न इन्सेन्टिभ को व्यवस्था गरिने बताए ।

सातवटै प्रदेशमा मुटु उपचार, गंगालाल ५ सय शैय्यामा विस्तार
लामो योजना सार्वजनिक गरेका मन्त्री पौडेलले राजधानी काठमाडौंमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशिघ्र स्थापनाका लागि पहल गर्ने घोषणा गरे । उनले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई ५ सय शैय्यामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना सुनाए । शुल्क तिर्न नसक्ने गरिब तथा असहायलाई शहीद गंगालालमा प्राथमिक एन्जियोप्लाष्टि र मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमार्फत निःशुल्क सेवा दिने घोषणा गरे । सातवटै प्रदेशमा अंग प्रत्यारोपणको सेवा समेत विस्तार गरिने उनले बताए ।
मन्त्री पौडेलले औषधीको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढी मूल्य लिइएका औषधीको मूल्य घटाउन आवश्यक प्रबन्ध गर्ने घोषणा गरे ।

वैदेशिक रोजगारीमा जानेको मृत्यु घटाउन रणनीति
वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमति स्वास्थ्य परीक्षण व्यवस्थित गरिने मन्त्री पौडेलले घोषणा गरे । उनले रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने घोषणा गरे ।

निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रम
मन्त्री पौडेलले घोषणा गरेको कार्यक्रममा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिंङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मन्त्री पौडेलले घोषणा गरेको निरोगी नेपालः आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रमले ४० वर्ष माथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिंग गर्ने विषय समेटेको छ । देशमा बढिरहेको मृगौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मृगौला स्क्रिनिंग अभियान थाल्ने पनि मन्त्री पौडेलले घोषणा गरे ।
‘प्रधानमन्त्रीको आश्वासनले श्रोत व्यवस्थापन हुने आशा’
मन्त्री पौडेलले सुन्दा नीति तथा कार्यक्रमजस्तो लागे पनि आफ्नो योजना कार्यान्वयन हुने विश्वास दिलाउँदै अहिले अभाव देखिएको श्रोतवृद्धिको योजना पनि सुनाए । उनले प्रधानमन्त्रीले समेत आफ्नो योजनामा समर्थन जनाएको भन्दै अहिले विनियोजित बजेटभन्दा श्रोत थप हुने विश्वास गरे । केहीमा श्रोत सुनिश्चित छैन, उनले भने, तर प्रधानमन्त्रीको आश्वासन, प्रदेश तथा दातृ निकायको सहयोगमा यसको व्यवस्थापन हुने आशा छ । मन्त्री पौडेलले जनस्वास्थ्यमा असर गर्ने केही क्षेत्रमा कर वृद्धि गरेर पनि श्रोत थप्न सकिने विश्वास व्यक्त गरे । आफूले घोषणा गरेका अल्पकालीन योजना तत्काल तथा दीर्घकालिन योजना क्रमैसँग कार्यान्वयनमा जाने उनले विश्वास व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर