• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार, यादवलाई जगदम्बा–श्री

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ ले प्राप्त गरेको छ ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले रणमुकाम पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० अर्पण गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । पत्रकार र वृत्तचित्र निर्माता मोहन मैनालीले लेखनमा विशिष्ट छवि बनाएका छन् । उनको उपल्लो थलो (सन् २०२०), लदेखेको देश (सन् २०१८), मान्ठ डराएको जुग (सन् २०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन्

त्यस्तै उनले निर्माण गरेको जोगीमाराका ज्युँदाहरू नामक वृत्तचित्रले ख्याती कमाएको थियो । मदन पुरस्कार प्राप्त गरेको कृति मुकाम रणमैदान नेपाल–अंग्रेज युद्धसँग सम्बन्धित छ ।

अंग्रेजसँगको युद्धका क्रममा नेपालले प्रदर्शन गरेको वीरतालाई उनले किताबमा लिपिवद्ध गरेका छन् ।

किताब अनुसन्धानमूलक गैरआख्यान हो । उनको छवि पनि गैरआख्यान लेखनमै बनेको छ । जगदम्बा–श्री अर्पण गरिएका यादव भाषाशास्त्री हुन् ।

उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा प्राध्यापन गरेका थिए । उनी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर