• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

एमालेसँगकाे सत्ता गठबन्धन बाध्यता मात्रैः मन्त्री पाण्डे

काठमाडाैं । आज (शनिबार) सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नका लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताएका छन् । 

उनले भने, ‘अहिले कम्युनिष्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होइन बाध्यता हो । हामी होशियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो । राजनीतिक स्थिरता जरुरी भयो, माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नका लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौं । ८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो ।’

उनले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उनले अन्य नेताहरु सरह सम्मान पाउनु पर्ने पनि बताए ।

उनले भने, ‘के कारणले इतिहासको कुन त्यस्तो कालखण्ड, मोड र घटना हो, जहाँबाट सूर्यप्रसाद उपाध्याय छुट्नु भयो, अरु नेताहरु भने शीरमा राख्न मिल्ने गरी रहनु भयो भन्ने कुरा पनि एउटा गम्भीर समीक्षा हो ।’ सूर्यप्रसाद उपाध्याय दानी र नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति भएको भन्दै नेपालको राजनीतिमा उनलाई एउटा ज्ञानी व्यक्तित्वको रुपमा चिन्ने गरेको पनि उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर