• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

४ वर्षमै जनयुद्धमा बुवा गुमाएका गजेन्द्र इन्जिनियरको नेता बन्ने दौडमा

जनयुद्धमा रोल्पा–रुकुमको चर्चा जति भयो, त्यति नै प्रभावित र सहभागिता जनाएको जिल्ला हो कालिकोट । कालिकोटका पहरा, कन्दरा, खोल्सा र मैदानहरूमा आज पनि जनयुद्धमा घन्काइएका नारा बोकेको हावा गुन्जिरहन्छ । 

युद्धको आरम्भ कालमै २०५२ फागुन ७ गते हालको तिलागुफा नगरपालिका ७ कालिकोटमा आमा मैनपुरा शाही र बुवा चतुर्भुज शाही को कोखबाट जन्मिएका थिए गजेन्द्र बहादुर शाही । आमाको काखमा हुर्किरहेका गजेन्द्रका बुवा माओवादी जनयुद्धमा सहभागी थिए । उनी ३ वर्ष १० महिनाको उमेरको हुँदा २०५६ पौष १९ गते जुम्लाको रारा प्रहरी चौकीमा आक्रमण गर्दा उनका बुवा मारिए । आक्रमणको कमान्डर रहेका बुवाको अनुहार स्मरणमा राम्रोसँग नरहँदै गजेन्द्रले बुवा गुमाउनु पर्‍यो ।

यसै त कालिकोट, त्यसमाथि प्रहरी चौकी आक्रमणको कमान्डर भएर बुवा मारिएका । सानो यातना थिएन उनको परिवारमा तत्कालीन राज्य पक्षबाट । बुवा गुमाएको ५ वर्षपछि २०६१ असार १२ गते गजेन्द्रका दाइ पनि जनयुद्धमै १३ वर्षको उमेरमा अस्ताए ।

आमासँगै हुर्केका गजेन्द्रले जीवनका सङ्घर्ष र अभावहरू राम्रैसँग बुझेका थिए । माओवादीले चलाएको कालिकोट–जुम्ला जनवादी शिक्षालयमा ७ कक्षासम्म पढेका उनले ८ कक्षाको परीक्षा दिन सरकारी विद्यालय पुगेका थिए । गाउँकै कालिका माध्यमिक विद्यालय छाप्रे कालिकोटबाट २०६८ मा प्रथम डिभिजनमा एसएलसी उतृर्ण गरेका उनले इन्जिनियर बन्ने निधो गरे । जिल्लामा इन्जिनियर पढ्ने ठाउँ थिएन । नजिकको विकल्प थियो नेपालगन्ज बजार । उनी २०६८–२०७१को ब्याजमा  Diploma Civil Engineering– नेपालगन्ज टेक्निकल कलेज नेपालगन्ज बाँकेबाट पहिलो डिभिजनमै उतृर्ण भए ।

युद्धमै बुवा र दाइ गुमाएका गजेन्द्रको पारिवारिक जिम्मेवारी पनि उत्तिकै थियो ।  Diploma in Civil Engineering– सकिने बित्तिकै उनी रोजगारीमा जोडिए व्यापारिक मार्ग बिस्तार आयोजना बेलहिया बुटवल सडक आयोजनामा १ वर्षका लागि । रोजगारीको सिलसिलामा दाङ पुगेका उनले इन्जिनियरिङमै स्नातक  Bachelor of Civil Engineering–राप्ती इन्जिनियरिङ कलेजबाट गरे । पोखरा विश्वविद्यालय बाट मान्यता प्राप्त राप्ती इन्जिनियरिङ कलेजमा पाँचौँ ब्याजको रूपमा २०७२–२०७६ मा उतृर्ण गरेका उनले पढाई को उत्तरार्द्धमै घोराही उपमहानगरपालिका दाङमा १ वर्ष ९२०७५–२०७६० काम गरे ।

ग्रामीण विकासमा स्नातकोत्तर BA अध्ययन समेत गरिरहेका गजेन्द्र सानै उमेरदेखि संघर्षशिल, सालिन र मेहनति हुन्। २०७७ देखि नेपालगन्ज उपमहानगरपालिकामा निजामती सेवामा रहेका गजेन्द्रले इन्जिनियरिङ क्षेत्रका सम्भावना र समस्याहरूलाई राम्रोसंङ्ग केलाएका छन् । साधारण डकर्मी–सिकर्मी, घरायसी काम देखि अन्तरिक्षसम्मका कामहरूमा महत्त्वपूर्ण रहेको इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरू किन निराश छन् रु किन देश छोड्न चाहन्छन् रु किन स्वदेशमै सम्भावना देख्दैनन् ? अव यी प्रश्न गर्ने मात्र होइन ईन्जिनियरीङ क्षेत्रकै नेतृत्वदायी संस्थामा प्रवेश गरेर समाधान खोज्ने अभिलाषाले धकेलिरहेको छ गजेन्द्रलाई ।

यही भदौ २८ गते हुने नेपाल ईन्जिनियर्स  एसोसिएसनको लुम्बिनी प्रदेशको तेस्रो कार्यकारिणी समितिबाट पेसागत सुरक्षा र सम्भावनाहरूमा काम गर्ने नेतृत्वदायी संस्थामा प्रवेशका लागि निर्वाचन लड्दै छन् गजेन्द्र बहादुर शाही । नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको तर्फबाट सदस्य पदमा चुनाव लड्दै गरेका गजेन्द्र साना साना अवसरहरूमा ठुला ठुला सम्भावनाहरूको खोजी गर्ने स्वभावका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर